कञ्चनपुर: कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर बजारमा बस्दैआएका भोका बाँदरको भोक जनावरप्रेमी युवाको समूह आइ केयर युले मेटाउँदै आएको छ ।
जङ्गल जान बिर्सेर सहरमा खानाको खोजीमा भौंतारिने बाँदरलाई सो समूहले विगत चार पाँच वर्षदेखि खाना खुवाउँदै आएको हो।
आफ्नो प्राकृतिक बासस्थानमा नगइ सहरमा भौतारिने बाँदरलाई हप्ताको दुई तीन दिन केरालगायत अन्य फलफूल खुवाउने गरेको समूहमा आबद्ध विष्णुप्रसाद पनेरुले जानकारी दिए।
बाँदरलाई फलफूलका लागि कहिलेकाँही केही मनकारीले सहयोग गर्ने गरेको र धेरैजसो समय आफ्नै खर्चबाट फलफूल खुवाउने गरेको उनले बताए।
Facebook Comments Box