धनगढी : नेपालमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत शुक्रबार भएको फाइनलमा नेपाल र यूएईबीच खेल भइरहेको छ।
सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको छ। १६३ रनको विजय लक्ष्य पछ्याएको यूएईले अहिलेसम्म नेपालमाथि दबाब बढाएको छ।
यूएईले १२ ओभरमा १०३ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ।
नेपालका लागि गूलसन झाले दोस्रो विकेट लिएका हुन्। उनले मोहम्मद वसिम र आशिफ खानको विकेट लिएका हुन्।
कुशल मल्लले आयान्स शर्माको विकेट लिएका हुन्।
Facebook Comments Box