काठमाडौं : दक्षिण कोरियास्थित नेपाली दूतावासले सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ रहेका नेपाली समुदायसँग आर्थिक सहयोग मागेको छ। आज दक्षिण कोरियाको राजधानी सिओलमा हुने ‘नेपाल–कोरिया कल्चरल इभेन्ट’ का लागि निम्तासहित दूतावासले त्यहाँ रहेका ९ वटा नेपाली समुदायका संगठनसँग सहयोग रकम मागेको हो ।
दूतावासका मिनिष्टर काउन्सेलर पुष्पराज भट्टराईका अनुसार, कार्यक्रम सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
दूतावासले आर्थिक सहयोग मागेको विषयमा कतिपयले आलोचनासमेत गरेका छन्। दूतावासको आधिकारिक लेटर हेडमा गरिएको निम्तामै सहयोग मागेकोप्रति धेरैले रोष प्रकट गरेका छन्।
Facebook Comments Box