काठमाडौँ: संयुक्त राष्ट्रसंघको महासभामा इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको युद्ध रोक्ने प्रस्ताव पारित भएको छ।
नेपालसहित १२० राष्ट्र प्रस्तावको पक्षमा उभिए भने इजरायल, अमेरिका, अष्ट्रिया, हंगेरीलगायत १४ देशले विपक्षमा मतदान गरे। यस्तै, भारतसहित ४५ देश मतदानमा सहभागी नभइ तटस्थ बसेका छन्।
इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएसँगै शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान समेत गरिएको छ। राष्ट्रसंघीय महासभाको विशेष सत्रमा जोर्डनले युद्धविरामसम्बन्धी प्रस्ताव ल्याएको थियो।
न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताएका थिए।
Facebook Comments Box