धनगढी : कैलालीमा करेन्ट लागेर छोरीको मृत्यु भएको छ भने आमा घाइते भएकी छन्।
जिल्लाको भजनी नगरपालिका–२ पल्टिपुर बस्ने ४१ वर्षीया प्रेमी डगौराकी १३ वर्षीया छोरी सुस्मा डगौराको करेन्ट लागेर मृत्यु भएको हो।
घरको आँगनमा आमासँगै पंखाको हावाबाट धानको भुस केलाउने क्रममा पंखाको तार सर्ट भएर करेन्ट लागेर दुवै जना गम्भीर घाइते भएका थिए।
उपचरका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा लगिएको सुस्माको मृत्यु भएको हो भने उनकी आमा प्रेमी डगौराको उपचार जारी छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box