काठमाडौं – जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा हरेक पालिकामामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने उल्लेख छ । स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा सम्पूर्ण नागरिक, विशेष गरेर निम्न र मध्यम स्तरीय आय भएका जनताको जीवनस्तरलाई आर्थिक, सामाजिक, सांस्कृतिक रूपले समृद्ध बनाउने प्रक्रियामा स्थानीय तहले योगदान गर्ने उल्लेख गरेको हो ।
सबै पालिकाहरुमा एक बसपार्क बनाइने उल्लेख गर्दै जसपाले महानगरहरूमा नगर रेल सेवा विकासको संभावनाबारे अध्ययन गरिनुको साथै आधुनिक शौचालय नभएको घरलाई शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने जसपाको घोषणा छ ।
त्यस्तै शिक्षामा १० प्रतिशत बजेट विनियोजन गर्ने, हरेक पालिकामा बर्थिङ सेन्टर, हरेक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवा दिने पनि जसपाले घोषणापत्रमा उल्लेख गरेको छ ।