काठमाडौ : टी–२० विश्वकप छनोटमा सिंगापुरविरुद्ध नेपालका कुशल भुर्तेतले अर्धशतक प्रहार गरेका छन् ।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा भुर्तेतलले २६ बलमा अर्धशतक प्रहार गरेका हुन् । यस यस क्रममा उनले २ छक्का र ६ चौका प्रहार गरेका छन्
भुर्तेललाई अर्का ओपनर आशिफ शेखले २० रन बनाएर साथ दिइरहेका छन् । यो समाचार तयार पार्दासम्म नेपालले ७ ओभरमा विकेट नगुमाई ७२ रन जोडेको छ ।
८ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् ।
यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टीम सेमीफाइनल प्रवेश गर्नेछन् ।
आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो ।
यो प्रतियोगिताबाट दुई टीम सन् २०२४ मा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।