कञ्चनपुर: लागुऔषघ ब्राउनसुगरसहित प्रहरीले कञ्चनपुरको बेलौरीबाट एक युवकलाई पक्राउ गरेको छ।
बुधबार साँझ बेलौरी नगरपालिका–८ पचुई ईटाभट्टी नजिकबाट ५.७० ग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित बेलौरी–६ हात्तीबोझाका २९ वर्षीय जयराम रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बेलौरीको गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा रानाको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जानकारी दिएको छ।
Facebook Comments Box