काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले लफडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित गरेको छ।
रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो।
उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ।
शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो। उनीहरूको रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको बताइएको छ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दुई जना पाइलटबीच व्यक्तिगत कारणले झगडा भएको देखिएको र विस्तृत विवरण आउन बाँकी रहेको बताए।
सम्बन्धित समाचार
२ पाइलटबीच युनिफर्ममै फाइट, हातमा चोट
Facebook Comments Box