धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरीले गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरेको छ।
आज एक कार्यक्रमकाबीच गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले बताए।
डिआइजी बाहेराले क्युआर कोड मार्फत प्रहरी सेवा प्रतिको सन्तुष्टि, गुनासो, पिरमार्का तथा सुझाव सोझै जिल्ला प्रहरी प्रमुख समक्ष पुग्ने सजिलो माध्यम बनाएको बताए।
‘प्रहरीले प्रदान गर्ने प्रहरी सेवाको सम्बन्धमा कुनै गुनासो, पिरमार्का वा कैफियत भएका सोझै सम्बन्धित जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाइ राख्न तथा सम्पर्क गर्ने क्युआर लागु गरिएको हो,’ उनले भने, ‘यसबाट सेवाग्राहीले प्रत्यक्षरुपमा आफ्नो गुनासोहरु राख्न सक्छन्।’
परम्परागत उजुरी पेटिकाले गुनासा व्यवस्थापन प्रभावकारी नभएकाले प्रविधिमार्फत उजुरी तथा गुनासा सुनुवाई गर्न सुरु गरिएको डिआइजी बोहराको भनाइ छ।
उनी भन्छन्, ‘कुनै नागरिकले आफूले प्रहरी समक्ष गरेको उजुरी÷गुनासोको गोपनियता राखिदिन आग्रह गरेमा त्यस्ता व्यक्तिहरुको उजुरी÷गुनासोको गोपनियता कायम राखिनेछ।’
डिआइजी अति जरुरी बिषय भए तत्काल सम्बोधन गरिने छ भने जरुरी बिषय तीन दिन भित्रमा सम्बोधन गरिनेछ। त्यस्तै साधारण विषय एक हप्ताभित्र र कारवाही सम्बन्धि सम्बन्धित व्यक्तिलाई जानकारी दिएको एक महिनाभित्र सम्बोधन गरिने छ।