काठमाडौँ : सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ ।
हिजो (बिहीवार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज शुक्रवार सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् ।
राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्न कात्तिक २२ गते काठमाडौँबाट प्रस्थान गरी मङ्सिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।
Facebook Comments Box