बर्दिया : बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका–५, शक्तिपुरकी २८ वर्षीया सिर्जना भनिने गायत्री डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेलामा उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए ।
बाख्रा चराउन गएकी उनी दिउँसो साढे २ बजे बेपत्ता भएकोमा साढे ३ बजे शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको छ ।
Facebook Comments Box