काठमाडौं : ६० किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङको नेपाली नागरिकता रद्द भएको छ ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकले झुटा विवरण पेस गरी निमा तामाङको नाममा काभ्रेपलाञ्चोकबाट लिएको नेपाली नागरिकता रद्द गरेको हो ।
छिरिङले २० पुस २०७४ मा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ठेगाना राखी नेपाली नागरिकता बनाएका थिए।
तिब्बती मूलका उनीसँग पछिल्लो समय बेल्जियमको नागरिकता र पासपोर्ट छ। नेपाली महिलासँग बिहे गरी उनी लामो समयदेखि नेपालमा बस्दै आएका थिए ।
उनले सुन तस्करी, हुन्डीलगायत आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ।
सुन तस्करी मुद्दामा हाल उनी पुर्पक्षका लागि थुनामा छन्।
Facebook Comments Box