काठमाडौँ : जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी १२९ जनाको मृत्यु भएको छ। शनिबार बिहान ७ बजेसम्ममा जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको हो।
जाजरकोटमा ६४ र रुकुममा ५७ जना घाइते भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले बताए। अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी उद्धारको लागि खटिएको छ।
Facebook Comments Box