काठमाडौं : नेपाली काँग्रेसले भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
पार्टीको तर्फबाट विपद्को यो बेला सरकार, राजनीतिक दल, सङ्घसंस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनले काँग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरे।
शुक्रवार राति ११ बजेर ४७ मिनेटमा गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय तथा भौतिक क्षति भएको छ ।
Facebook Comments Box