काठमाडौं : गए राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म १ सय ३८ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको छ। शनिबार बिहान गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकमा सो तथ्यांक प्रस्तुत भएको हो।
जाजरकोट र रुकुमपश्चिममा गरी मृतकको संख्या १३८ पुगेको गृह मन्त्रालयले जनाएको छ। यस्तै हाल २३१ जना घाइते उपचाररत रहेको जनाइएको छ।
बैठकले भूकम्पपीडितको उद्धार तथा राहतका लागि जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लाका विपद् कोषण्मा ५र५ करोड निकासा गर्ने निर्णय पनि गरेको गृह मन्त्रालयले जनाएको छ।
Facebook Comments Box