काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । उनी भारत हुँदै नेपाल आने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
उनले कोभिड महामारीमा काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box