काठमाडौं : बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहतस्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम भूकम्प पीडितहरुका लागि राहत, उद्धार र पुनः निर्माणमा खर्च हुने बताइएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले जाजरकोट र रुकुममा गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र राहतका लागि सो रकम उपलब्ध गराउन लागिएको जानकारी दिए ।
यस्तै सुदूरपश्चिम प्रदेश सरकारले तत्काल एक करोड र स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार प्रदेश सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय गरेको हो ।
Facebook Comments Box