काठमाडौँ : जाजरकोट भूकम्पपछि घटनास्थलमा उद्धारका लागि ८५९ जना प्रहरी परिचालन गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोट र रुकुम पश्चिममा कुल ८५९ जना जनशक्ति परिचालन गरिएको हो ।
कार्यालयका अनुसार जाजरकोटबाट ४५०, रुकुम पश्चिमबाट ३२०, प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९, चौरजहारी बेस क्याम्पबाट २०, नेपाल प्रहरी अस्पतालका चिकित्सक ११, सल्यानबाट १० र इप्रका बादेपिपल सुर्खेतबाट ९ जना जनशक्ति परिचालन गरिएको छ ।
आवश्यकताअनुसार थप प्रहरी परिचालन गर्न सकिने पनि प्रहरीको भनाइ छ । हालसम्म भूकम्पबाट १५७ जनाको मृत्यु र १६६ जना घाइते भएका छन् ।
घाईते मध्ये रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।