काठमाडौं : नेपाल प्रहरीले भूकम्पपीडितलाई राहत संकलनको नाममा हुने ठगीबाट बच्न सचेत गराएको छ।
विपतको समयमा पीडितलाई राहतको नाममा हुने ठगीबाट बच्न आग्रह गर्दै प्रहरीले सूचना जारी गरेको हो। आर्थिक वा अन्य सहयोग गर्नुअघि सहयोग माग्ने व्यक्ति तथा संघसंस्थाको आधिकारिकता निश्चित गर्न प्रहरीले आग्रह गरेको छ।
‘भूकम्पपीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति, संघसंस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला,’ प्रहरीको सूचनामा भनिएको छ।
Facebook Comments Box