डडेल्धुरा : जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ४ लटेरोडा कटालस्थित वडा कार्यालयमा तोडफोड गरि चोरी गर्ने दुई जना पक्राउ परेका छन।
कार्तिक १५ गते रातीको समयमा कार्यालयको मुल गेटको ताला फुटाई नगद सहित सामाग्री चोरी गर्ने परशुराम नगरपालिका ४ कटाल घर भएका २३ बर्षिय नरेन्द्र नेगि र सोही ठाँउ बस्ने बर्ष १९ को हरि थापा पक्राउ परेका हुन्।
२ जनाको समुहले कार्यालयको मुल ढोकामा रहेको सिसि क्यामेरासहित गेटको ताला फुटाएर संकलीत राजश्व वाफतको १३ हजार ८ रुपैया नगदसहित कार्यालयमा जडित सिसि टीभी क्यामेरा र क्यामेरा जडित मेन बक्स सिपियु समेत चोरीएको ईलाका प्रहरी कार्यालय जोगबुडामा प्रहरी निरीक्षक गगनसिह भाटले बताए।
अहिले दुवैजनालाई थप अनुसन्धानको लागि डडेल्धुरा प्रहरी कार्यालय पठाइएको छ ।
Facebook Comments Box