धनगढी: कैलालीमा माओवादीका एक नेता पक्राउ परेका छन्। नेकपा (माओवादी केन्द्र)का जानकी गाउँपालिका गाउँ कमिटी सचिव जयप्रकाश दहित ठगि गरेको आरोपमा पक्राउ परेका हुन्।
मिलन कृषक समूह र हरियाली कृषक समूहका संयोजक दहित, मिलन कृषक समूहका रञ्जित चौधरी र हरियाली कृषक समूहका रघुनाथ चौधरीविरुद्ध २१ जना स्थानीयले प्रहरीमा उजुरी दिएका थिए।
इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार प्रदेश सरकार कृषि मन्त्रालयबाट कृषि चम्फा ट्याक्टर, पावर टेलर अनुदानमा उपलब्ध गराइ दिने भनि जानकी गाउँपालिका किसानबाट करिब २५ लाख ३७ हजार र कृष्णपुर नगरपालिका कञ्चनपुरका किसानबाट केही रकम संकलन गरि ठगि गरेको आरोप छ।
उनीविरुद्ध कैलाली जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको छ भने रञ्जित र रघुनाथ फरार रहेका छन्। प्रहरीले खोजी गरिरहेको बताएको छ। यो प्रकरणमा माओवादीका प्रदेशका शीर्ष नेताहरूको समेत नाम मुछिएको छ।