कैलाली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उनले निर्वाचन सर्ने भ्रममा नपर्न आग्रह गरे ।
कतिपयले निर्वाचन सारिने हल्ला फैलाएको भन्दै उनले यही वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुने बताए । ‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाएका छन्’, उनले भने, ‘हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ । वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ ।’
उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्नुपर्ने बताए ।
Facebook Comments Box