धनगढी : अभियन्ता तारा बरालसँग बिहे गर्ने कागज गरेका नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले आफ्नो बिहे गर्ने योजना नभएको बताएका छन्।
बैतडी घर भएका चन्दले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बिहे गर्ने योजना पनि नरहेको बताएका हुन्।
केही दिन अगाडि बरालसँग बिहे गर्ने सहमति भएको कागज सामाजिक सञ्जालबाटै सार्वजनिक भएको थियो।
तर, चन्दले भने त्यो कागजमा आफ्नो नाम हालिएको र त्यो लिगल डकुमेन्ट नभएको जिकिर गरेका छन्। चन्दले फेसबुकमा लगातार स्टाटस लेख्दै बिहे नगर्ने बताएका छन्। उता बरालले चन्दको स्टाटसमा कमेन्ट गर्दै यस्तो कुरा नगर्न भनेकी छिन्।
सहमतिपत्र सार्वजनिक भएको २४ घण्टा नबित्दै पूर्वएआइजी चन्दले फेसबुकमा स्टाटस लेखेर खण्डन गरेको थिए।
उनले लेखेका छन्, ‘लामो यात्रापछि फेसबुकमा हेर्ने मौका पाएँ। मैले पनि तारा बराललाई सामाजिक अभियन्ताको रुपमा मात्र चिनेको हुँ। तर मेरो विवाह भएको भनेर मेरो नाम बेच्ने काम भएकोमा दुःख लागेको छ। मेरो कुनै कसैसँग विवाह भएको छैन। यसरी मेरो बदनाम नगरियोस्। सबैको जानकारीका लागि मैले यो पोस्ट गरेको हो।’
त्यसयता चन्दले धाराप्रवाह स्टाटस लेखिरहेका छन्। ती स्टाटसहरुमा उनले घुमाउरो तवरबाट तारालाई आरोपित गर्न खोजेको देखिन्छ।
यद्यपि, तारासँग सहमति पत्रमा हस्ताक्षर गरेको कुरालाई भने उनले अस्वीकार गर्न सकेका छैनन्।
उनले पछिल्लो स्टाटसमा लेखेका छन्, ´सञ्जय तारा र त्यो लेख्ने वकिलले लेखेर साक्षीमा मेरो नाम राखेको, जब कि मैले त्यो डकुमेन्ट लेखेको पनि होइन। अनि त्यो कुनै लिगल डकुमेन्ट पनि होइन। मिडियाले तारालाई जे पायो लेखेको बारे खन्डन हुने डकुमेन्ट बनाउने भनेको मात्र थियो। तीन जनाको सहमतिले घरमा बनाएको डकुमेन्ट भ्यालिड होइन। मिडियामा त जे कुरा गर्दा नि भो। भ्यालिड डकुमेन्ट सरकारी कार्यालयमा बन्छ। त्यो सबैलाई थाहा भएको कुरा हो। म बाहिर बाट फर्केपछि सही छलफल हुन्छ। अहिले मिडियामा जे पायो त्यही बोल्नु राम्रो होइन। अनि लेख्ने वकिलले डकुमेन्टमा आफ्नो नाम लेख्दैन पनि भनेको थियो।`
यो स्टाटसमा तारा बरालले कमेन्ट गरेकी छन् उनको प्रतिक्रिया यस्तो छ, ´अनर्गल बहाना बनाउँदै मलाई फसाउँदै गरेकोमा बच्चाजस्तो फेसबुकबाट नानाथरी आफ्नै बेइजत गर्ने होइन, कानुनी निकायमा आफैँ उपस्थित हुनुस् सर। यदि यो पोस्ट आफैँ गरेको भए,मलाई फेरि मुद्दाकै सल्लाह गर्ने भनेर बोलाएर म बाँच्दिन भन्दै कागज गराएर, वकिलले म कागज लेख्दिनँ भन्दा हजुरले नै मेरो नाममा लेखिमात्रै दिनुस् भनेर म सिकाउँछु भनेर, नयाँ कपडा खोजेर २ जनाको मात्रै फोटो हाल्ने, प्रेसमिट गर्ने, २/३ जनालाई पब्लिकमा बाढी बगाइदिनुछ अहिल्यै भन्नुभा हैन रु मैले प्रेसमिट गर्न नमानेपछि फेसबुकमा त हालेरै छाड्ने भन्नुभयो, हजुरले हालेको पोस्ट बढी ओभर देखिन्छ भनेर मैले डिलिट गर्न लगाएको सबैले देखेको हैन रु मैले फोटो खिच्न नमानेपछि सञ्जय दाइहरु सहित राखेर खिचेको हैन रु मलाई पटकपटक बोलाएर किन ब्ल्याकमेलिङ सर रु हजुरको इज्जत ठूलो भयो या आफैँ सिद्दिदै हुनुहुन्छ बिचार गर्नुस्।`
त्यैसगरी त्योभन्दा अगाडिको स्टाटसमा चन्दले लेखेका छन्, ´मेरो विवाह भएको पनि छैन र गर्ने योजनामा पनि छैन।`