धनगढी : कैलाली जिल्ला अदालतमा चोरी भएको छ। हिजो (आइतबार) जिल्ला अदालत कैलालीमा चोरी भएको हो।
अदालतका कर्मचारीहरुको मोबाईलसहितका सामानहरु चोरले लगेको बताइएको छ। हिजो चोरी भएकोमा अदालतबाट आज प्रहरीलाई खबर गरिएको र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले चोर खोजीरहेको जनाएको छ।
कैलाली प्रहरीका डिएसपी कुलदिप चन्दले घटनाको अनुसन्धान भैरहेको जनाएका छन्। जसका लागि सिसिटिभी अध्ययन गरिदै छ।
Facebook Comments Box