काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलले एक साताभन्दा लामो युरोप भ्रमण अन्तिम समयमा स्थगित गरेका छन् उनी आज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा जाँदैछन्। १६ कात्तिकको मन्त्रिपरिषद् बैठकले २२ देखि १ मंसिरसम्मका लागि राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको थियो।
देशमा भूकम्पका कारण सयौँ नागरिकको ज्यान गएर शोकमग्न भएका बेला विदेश जान लागेको भन्दै आलोचना भएपछि पौडेलले भ्रमण स्थगित गरेका हुन्।
पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज बिहान सबा १० बजे भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमसहितका क्षेत्रमा जाने जानकारी दिए।
Facebook Comments Box