बैतडी: बैतडीको शिवनाथ गाउँपालिकाले जाजरकोट भूकम्पले प्रभावित भएका नागरिकहरुलाई सहयोग पुर्याउन नगद जम्मा गरेको छ।
गाउँकार्यपालिकाको निर्णय अनुसार जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला विपद् व्यवस्थापन समिति रुकुमपश्चिमको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए।
गाउँकार्यपालिकाले जाजरकोटमा ७५ हजार र रुकुमपश्चिममा ५० हजार आर्थिक सहयोग पठाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार दुवै जिल्लाको विपद् व्यवस्थापन समितिको खातामा रकम जमा गरिएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए।
Facebook Comments Box