दाङ : कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फूलले स्वागत गरे।
पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो।
ढिलो आएका कर्मचारीलाई मेयर चौधरीले फूलले स्वागत गर्दै समयको ख्याल गरेर कार्यालयमा उपस्थित हुन निर्देशन दिए।
एक दर्जनभन्दा बढी कर्मचारी कार्यालय समयभन्दा ढिलो आएका उहाँले जानकारी दिए। ‘राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध होस्, समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस् भन्ने हाम्रो चाहना हो’ उनले भने।
Facebook Comments Box