बैतडी : तिहारमा सुरक्षाका लागि बैतडी प्रहरीले दुईसय बढी सुरक्षाकर्मी परिचालन गरेको छ। चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालन गरिएको हो।
जिल्लाभरी तिहार लक्षित सुरक्षाका लागि दुई सय बढी प्रहरी खटाइएको प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
डीएसपी गिरीकाअनुसार तिहारको समयमा हुन सक्ने जुवातास नियन्त्रणका लागि प्रहरीले सादा पोशाकमा प्रहरी खटाएको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका नागरिक सहायता कक्ष र यात्रु सहायता कक्षबाट पनि प्रहरीले सेवा दिइरहेको उनले जानकारी दिए।
Facebook Comments Box