जाकर्ता : इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन ।
यूएसजीएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गराएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११ः५३ बजे ६ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको बताइएको थियो ।
इन्डोनेसियाली मौसम विज्ञान, जलवायु र भौगर्भिक एजेन्सी (बीएमकेजी)का अनुसार मुलुकको तनिमबार टापु समूहको सौमलाकी सहरमा भूकम्पको कम्पन मध्यमरूपमा महसुस गरिएको थियो ।
Facebook Comments Box