काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीनसाता लामो मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान शुरु गर्ने भएको छ ।
आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेकोे सचिवालय बैठकले १४ मंसिरदेखि सो अभियान चलाउने निर्णय गरेको हो । अभियान डडेल्धुराको झुलाघाटबाट शुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुने एमालेले जनाएको छ ।
निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले बैतडीको झुलाघाटनमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्नेछन् । पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने अभियानको मुख्य लक्ष्य भएको उनले बताए ।
अभियानको क्रममा अध्यक्ष ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता–कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने छ ।
यस सम्बन्धमा कार्यक्रम केन्द्रित ठोस निर्णय गर्न एमालेले आगामी मंसिर ६ गते काठमाडौंमा केन्द्रीय कमिटीको छैटौं बैठक डाकेको छ ।