काठमाडौँ : सर्लाहीस्थित प्रहरी चौकी सङ्ग्रामपुरका इन्चार्ज मनोज यादवलाई निलम्बन गर्ने निर्णय गरिएको छ ।
प्रहरी सहायक निरीक्षक (असई) यादवले नेपाल–भारत सीमा वारपार फूलको कारोबार गर्ने व्यापारीसँग घुस मागेको आरोप छ । असई यादवलाई निलम्बन गरिएको सर्लाहीका एसपी प्रवीण धितालले बताए ।
यादव प्रहरी चौकी सङ्ग्रामपुरका इन्चार्ज थिए । रकम मागेको मौखिक उजुरपछि उनलाई निलम्बन गरेर घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले छानबिन गरिरहेको छ ।
छानबिनका लागी डिएसपीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको एसपी धितालले जानकारी दिए ।
गत शुक्रवार दुई जना तस्करलाई सामान र मोटरसाइकल सहित नियन्त्रणमा लिएर असई मनोज यादवले ५० हजार रुपैयाँ लिएको पनि आरोप छ ।
Facebook Comments Box