काठमाडौं – प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकीबाट भन्सार छली ल्याएको सामान बरामद गरेको छ । करिब १५ लाख रूपैयाँ बराबरको विभिन्न प्रकारका कपडा तथा जुत्ताहरु बरामद गरेको हो।
प्रहरीका अनुसार कलंकीमा ना.६ ख ४३ नम्बरको ट्रकबाट बुधबार उक्त सामान बरामद गरिएको छ । प्रहरीले ट्रकका चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–१ का २८ वर्षीय तस्विर तामाङ रहेका छन् ।
थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरीले तलासी गर्ने क्रममा उक्त सामान फेला पारी बरामद गरेको जनाइएको छ ।
थप अनुसन्धान तथा कारबाहीको लागि तामाङ, बरामद सामान र ट्रकलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box