काठमाडौं – डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस स्वास्थ्य मन्त्रालय पुगेका छन् ।
निर्धारित कार्यक्रम अनुसार उनी स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भेट्न रामशहपथस्थित मन्त्रालयमा पुगेका हुन् ।
स्वास्थ्यमन्त्री खतिवडा र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच शिष्टाचार भेटवार्ता सुरू भएको छ ।
महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत रहेका छन् ।
नेपाल भ्रमणमा रहँदा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
Facebook Comments Box