कैलाली– धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रको हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
धनगढी उपमहानगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयसँगै जिल्लाका १३ वटै स्थानीय तहलाई हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
कैलालीका लागि कैलाली जिल्ला अदालतका मुख्य न्यायधिश जयानन्द पनेरुलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले कार्यालय सञ्चालनसंगै अब मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन गतिबिधी अगाडि बढाउने बताए ।
Facebook Comments Box