मुस्ताङ: लामो समयदेखि बन्द रहेको मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा आउने भएको छ। गण्डकी प्रदेशलाई चीनसँग जोड्ने प्रमुख नाका आज बिहान १० बजेदेखि सञ्चालनमा आउन लागेको हो।
नेपाल र चिनियाँ अधिकारीले एक संयुक्त कार्यक्रममार्फत नाका सञ्चालनको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। कोरोना महामारी फैलिने डरले चीनले उक्त नाका बन्द गरेको थियो ।
Facebook Comments Box