राैतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा लुटेरा समूहले लाखौँको धनमाल लुटपाट गरेका छन्। सो क्रममा लुटेरा समूहले आक्रमण गर्दा दुई जना महिला घाइते समेत भएका छन्।
आइतबार राति ४ जना भन्दा बढीको सङ्ख्यामा आएका लुटेराहरूले चन्द्रपुर ५ का सोनेलाल चौधरीको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ।
घरको मुलगेट फुटाएर प्रवेश गरेका उनीहरूले चौधरीको श्रीमती कान्ति चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइ बनाएका हुन्।
लक्ष्मीपूजा गर्ने क्रममा राखिएको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चाँदी लुटेरा समूहले लगेको पीडित परिवारले जनाएको छ। घाइते दुवै जना महिलाहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय चन्दनिगाहपुरका प्रमुख डिएसपी एक नारायण कोइलाले घटनाको पुष्टि गर्दै लुटेरा समूहको खोजी भइरहेको बताए।
Facebook Comments Box