डडेल्धुरा : डडेल्धुरामा युवाहरूले दिदीबहिनी र फुपूका लागि नि:शुल्क बाइक सेवा सुरु गरेका छन्।
युवा रमेश भट्ट र प्रकाश जोशीले नि:शुल्क बाइक सेवा सुरु गरेका हुन्। तिहारमा टाढाबाट भाईटिकामा माइतीघर जानका लागि डडेल्धुरा सदरमुकामबाट माइतीघरसम्म यातायात असुबिधा भएका दिदीबहिनी र फुपूलाई ५ किलोमिटर दूरीसम्म सेवा दिने भट्टले बताए।
उनकाअनुसार सेवा कार्तिक २७ देखि २९ गतेसम्म रहनेछ। रमेश भट्टको मोबाइल ९८४८७३७९२१ र प्रकाश जोशीको मोबाइल ९८४८७१७८७९ मा फोन गरेर सेवा लिन सकिनेछ।
Facebook Comments Box