काठमाडौं : नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो।
यी हुन् टिकटक बन्द गर्ने देश
कीर्गिस्तान : कीर्गिस्तानले ३० अगस्तदेखि बालवालिकाको कुलत र मानसिक स्वास्थ विग्रेको कारण देखाउदै प्रतिबन्ध।
बेलायत : सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध लगाएको हो।
अमेरिका : सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध।
न्यूजिल्यान्ड : GCSB को सुझावमा सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसंग आवद्वता प्रतिबन्ध।
क्यानडा : गोपनियता र सुरक्षा जोखिम देखाउदै सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध।
ताइवान : राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध
बेल्जियम : गोपनियता, साइवर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउदै प्रतिबन्ध
डेनमार्क : साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली, निकायमा प्रयोग प्रतिबन्ध।
पाकिस्तान : जातीय तथा धार्मिक द्वन्द फैलाउने सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध
अफगानिस्तान : युवाहरूमा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द फैलने जोखिम र ईस्लामिक कानून
विपरीत देखाउँदै प्रतिबन्ध।
भारत : गोपनियता, सुरक्षा जोखिम लगायत चीनिया अन्य एप प्रयोगमा प्रतिबन्ध।
सोमालिया : गलत अफवाह फैलाउने जोखिम देखाउदै सीमित कन्टेन्ट पोस्ट बाहेक अन्य प्रतिबन्ध।
अर्मेनिया : विगत ३५ वर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध।
अजरवैजान : नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध ।
बंगलादेश : पोर्नोग्राफी,जुवाखेल र सुरक्षाको जोखिम देखाउदै प्रतिबन्ध।
इन्डोनेसिया : धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउदै प्रतिबन्ध।
इरान: धार्मिक कारण देखाउदै प्रतिबन्ध।
जोर्डन: प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउदै अस्थाई रूपमा प्रतिबन्ध।
अष्ट्रिया : अष्ट्रियाको intelligence service को प्रतिवेदनमा सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध।
इस्टोनिया : राष्ट्रिय सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध।
फ्रान्स : डेटा सुरक्षाको जोखिम देखाउदै प्रतिबन्ध।
आयरल्यान्ड : साइवर सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध। लाटभिया : सुरक्षा जोखिम देखाउदै प्रतिबन्ध।
माल्टा : साइवर सुरक्षा जोखिम देखाउदै सरकारी प्रणालीहरूमा प्रयोग पूर्ण प्रतिबन्ध।
नेदरल्यान्ड : Data protection जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिबन्ध।
नर्वे : राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनीतिक सल्लाहकारहरूले प्रयोगमा प्रतिबन्ध।
अष्ट्रेलिया : सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री,सल्लाहकारले सरकारी डिभाइस र मोबाइलमा प्रयोगमा प्रतिबन्ध।
नेपाल :सामाजिक सद्भाव विगार्ने काम गरेकाले प्रतिबन्ध।