काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतन्त्रिक र विकसित देशले टिकटक बन्द गरेका छन्।
अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतन्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर टिकटक बन्द गरेको उनले बताएका हुन्।
भक्तपुरमा आज नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रष्टीकरण दिएका हुन्।
मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
समाजमा विसंगति, विकृति, अराजकता फैलाउने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर यो निर्णय गरिएको उनको भनाइ छ।
Facebook Comments Box