धनगढी: दसैँ तिहारका बेला सुदूरपश्चिममा जुवा खेल्नेको संख्या ह्वात्तै बढेको पाइएको छ। प्रदेशका विभिन्न ठाउँ ठाउँमा जुवा खेल्ने विकृति बढेको पाइएको हो।
चाडबाडमा रमाइलोका लागि भनेर खेलिने जुवाले विकृति र अपराधसम्म भएका छन्।जुवातास खेलेको आरोपमा विभिन्न ठाउँबाट धमाधम जुवाडे पक्राउ परिरहेका छन्। सुदूरपश्चिमका तीन जिल्लाबाट मात्रै चाडबाडमा ६२ जना जुवाडे पक्राउ परेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कञ्चनपुरबाट ४२ जना, डडेल्धुराबाट १३ जना र दार्चुलाबाट ७ जना जुवाको खालबाट समातिएका छन्।
Facebook Comments Box