काठमाडौँ : जिल्ला कारागार सिन्धुलीमा एक जना कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० घर भएका विमल मगर छन्।
३० वर्षीय विमलको शव पोस्टमार्टमका लागी सिन्धुली अस्पतालमा राखिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए।
भाइटिकाको दिन कारागार परिसरमा देउसी खेलेर उनी सुतेका थिए। राति अचानक उनले छाती दुःखेको अन्य कैदीबन्दीहरुलाई बताएका थिए।
स्कुलको गाडी चालक विमल सवारी ज्यान मुद्दामा भदौ २२ मा पक्राउ परेका हुन्।
सिन्धुली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको एसपी सिलवालले जानकारी दिए।
Facebook Comments Box