धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा पक्राउ परेका रमेश भण्डारीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
धनगढी-३ घर भएका भण्डारी चोरी मुद्दा दर्ता भएर सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।
उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) हुन्। दार्चुलाको ४३ नम्बर गणमा कार्यरत भण्डारीलाई तालिमका लागि पोखरा पठाइएको थियो। तिहारको बिदामा उनी धनगढी पुगेका थिए। उनले कार्तिक २६ गते राति अस्पतालबाट ल्यापटप चोरेको बताइएको छ।
चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो। उनको पहाड घर डडेल्धुरा रहेको बुझिएको छ।
Facebook Comments Box