काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापाको बिर्तामोड जाने भएका छन् । पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न उनी त्यता जान लागेका हुन् ।
ज्ञानेन्द्रले सो दिन दिउँसो १ बजे पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा शालिक अनावरण गर्ने कार्यक्रम छ । इकम कलेजले गत वर्षदेखि नयाँ भवनबाट पठनपाठन सञ्चालन गरिरहेको छ ।
कलेजमा रहेको शालिक अनावरण पूर्वराजा ज्ञानेन्द्रको हातबाट गर्न व्यवस्थापनले निकै कसरत गरिरहेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि मेचीनगरबाट र्याली निकाल्ने तयारी गरेको छ ।
Facebook Comments Box