महोत्तरी : महोत्तरीस्थित बर्दिवास–२ मा दुई जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाइएको छ।
२०८० साल साउन ३ गते इलाका प्रशासन कार्यालय बर्दिबासले बर्दिवास–८ बस्ने दल बहादुर भुजेलको प्रतिलिपी जारी गर्दा उल्लेख गरेको नम्बर र २०४४ सालमा मै जारी गरेको बर्दिवास–२ का दलबहादुर भुजेलको नम्बर एउटै रहेको खुलेको हो। संयोगले नाम र वुवाको नाम मिले तापनी उनीहरु फरक–फरक व्यक्ति हुन्।
उनीहरुको नागरिकता नम्बर ०४९७०२१५ मात्र होइन, जन्ममिती, बुवाको नाम समेत मिलेको छ। तर, दुवै भुजेलहरुको नागरिकता जारी भने फरक–फरक मितिमा भएको देखिएको छ।
अहिले हात्तिलेट बस्ने भुजेलको नागरिकता २०४४ फाल्गुन ६ गते जारी भएको देखिन्छ भने बर्दिवास–२ बस्ने भुजेलको नागरिकता एकदिन अगाडि अर्थात २०४४ साल फाल्गुन ५ गते जारी भएको देखिएको छ।
नागरिकतामा दुई व्यक्तिहरुको एउटै नागरिकता नम्बर कसरी आयो भन्ने विषयमा आफूलाई पनि अचम्म लागेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल बताएका छन्। उक्त विषयमा छानविन हुने उनको भनाई छ।