कञ्चनपुर : कञ्चनपुर प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादीलाई तीन दशकपछि पक्राउ गरेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ का धनबहादुर सुनारलाई शुक्रबार पक्राउ गरी कारागार चलान गरिएको हो।
सुनारलाई जिल्ला अदालत कञ्चनपुरले २०५० फागुन १५ गते कुटपिट मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो।
सुनारलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले बताए।
Facebook Comments Box