धनगढी : तराईबासीले मनाउने छठ पूजाको तयारी पूरा भएको छ। छठमा पूजा गर्न आउने भक्तालुका लागि कैलालीको मोहना घाटमा टेण्ट निर्माण, बिजुली बत्ति र रातिका लागि जाग्रमस्थल निर्माण कार्य पुरा भएको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले मोहना घाटमा हरेक वर्ष पूजा गर्ने भक्तालुको संख्या बढ्ने क्रम रहेको बताए।
पाँच हजारभन्दा बढी श्रद्धालुले सूर्यलाई जल चढाउने अपेक्षा गरिएको छ। अस्ताउदो सूर्य र उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मैयाको पूजाआराधना छठ पर्वको मुख्य विषेशता रहेको छ।
छ्ठ पुजाको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले गर्ने आयोजकले जनाएको छ। छठ पूजा सेवा समितिको आयोजनामा हरेक वर्ष मोहना घाटमा पुजा कार्यक्रम हुँदै आएको छ।
Facebook Comments Box