झापा : झापाको कमल गाउँपालिका– ६ स्थायी घर भइ पाँचथरमा कार्यरत ३६ वर्षीय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्नताको आरोपमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराई पक्राउ परेका छन् ।
कमल ६ का वडाध्यक्ष भट्टराईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। प्रहरीको खोजीमा रहेका उनी प्रहरी कार्यालय आफैं आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सोही कसूरमा कार्कीकी श्रीमती चाहना पोख्रेल र ससुरा पुण्यप्रसाद पोख्रेललाई प्रहरीले घटना भएको भोलिपल्ट पक्राउ गरेको थियो।
कात्तिक १२ गते साँझ कार्कीले घरमै झुन्डिएर आत्महत्या गरेका थिए । कार्कीलाई श्रीमती, ससुरा र वडाध्यक्ष भट्टराईले आत्महत्या गर्न लगाएको आफन्तले आरोप लगाएका छन् ।
Facebook Comments Box