काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रवारदेखि शुरु भएको छ । परीक्षामा मुलुकभर २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७६० जना विद्यार्थीले सहभागिता जनाएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमध्ये नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेडवृद्धितर्फ ११ हजार ४५४ ले परीक्षा दिंदै छन् ।
ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेडवृद्धिको अवसर दिइएको थिएन । यसपालि चाहीँ बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीले परीक्षा केन्द्रबाट परीक्षा दिंदै छन् । २९९ ओटा प्राविधिक विद्यालयका १४ हजार ५६४ जना विद्यार्थी पनि सामेल हुँदै छन् ।
कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको उक्त परीक्षाको नतिजा भने साउन महीना अघि नै सार्वननिक गर्ने तयारी छ । साउन १ गतेदेखि कक्षा ११ को शैक्षिक सत्र शुरु हुन्छ ।