डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाका योजना अधिकृत कृष्णदेव जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो।
जिम्मेवारी पाएपछि बुधबार उनलाई नगरप्रमुख भरत वडायरले बधाई ज्ञापन गरेका छन्। परशुराममा कोही पनि आउन नमानेपछि जोशीलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको बताइन्छ।
Facebook Comments Box